ललिता निवास प्रकरणको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा दोषी ठहर भएका र सफाइ पाएकाहरुविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको छ ।

दोषी ठहर भएकाहरुलाई बढी सजाय हुनुपर्ने र सफाइ पाएकाहरुलाई दोषी ठहर गर्नुपर्ने माग राखेर अख्तियारले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।

ललिता निवास जग्गा प्रकरणका ११० जना आरोपितविरुद्ध नै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको प्रवक्ता नरहरी घिमिरेले जानकारी दिएका छन् । अख्तियारले अन्य ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुनुपर्ने माग राखेर समेत राखेको छ ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरुलाई कम सजाय गर्ने र कतिपयलाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको दाबी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *