आगलागी हुँदा पाँच घर जलेर नष्ट

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सुनसरीको भोक्राहा नरसिंह –६ मा आगलागी भएको छ । आगलागीमा परेर पाँच घर जलेर नष्ट भएको छ । गएराती  लागेको आगोले चार परिवारको पाँचवटा घर जलेर नष्ट भएको छ ।

स्थानीयका अनुसार भोक्राहा नर्सिङ –६ स्थित उराँव टोलमा आगलगी हुँदा बन्धु उराँव, बुधराम उराँव, गोपाल उराँव र सवो उराँव लगायतको घर जलेर नष्ट भएको छ ।

स्थानीयबासी, प्रहरी र कोशी गाउँपालिका, इनरुवा नगरपालिकालगायतका दमकलले आगो नियन्त्रणमा लिएको जनाएको छ । उता आइतबार दिउँसो  सुनसरीको हरिनगर गाउँपालिका –२ मा पनि आगलागी भएको खबर प्राप्त भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *