ह्वाइट हाउस वार्तामा छरपस्ट युद्धको चर्को मूल्य

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्तामा तनाव उत्पन्न भएको छ । राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनले अमेरिकालाई अपमान गरेको आरोप लगाएपछि जेलेन्स्की आक्रोशित भएका हुन् ।

निकै चर्काचर्कीपछि जेलेन्स्कीलाई ह्वाइटहाउसबाट बाहिर जान आदेश दिइएको थियो । उनी खनिज सम्झौता गरेर अमेरिकालाई खुशी पार्न त्यता गएका थिए । ट्रम्पले जेलेन्सकीलाई लाखौं मानिसको जीवनसँग जुवा खेल्दै तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप लगाएका छन् । युक्रेनसँग युद्धको कुनै सामथ्र्य नभएको अमेरिकी राष्ट्रपतिको दाबी छ ।

जेलेन्स्कीले रुसस र पुटिनप्रति नरम रवैया नअपनाउन आग्रह गरेका थिए । चर्काचर्कीपछि अमेरिका–युक्रेन खनिज सम्झौता अलपत्र परेको छ । पछिल्लो घटनाक्रमले शक्ति राष्ट्रहरुको उक्साहटमा अपनाइने नीति, रणनीति र सरकार सञ्चालनले मुलुक र जनताले कति चर्को मूल्य चुकाउनुपर्छ भन्ने सन्देश दिएको छ । हास्य कलाकारबाट एकाएक शासन सत्ता सम्हालेका जेलेन्स्कीका कारण दशौं हजार युक्रेनीले ज्यान गुमाइसकेका छन् । लाखौं घरबारविहीन र पलायन भएका छन् भने यतिखेर मुलुकको सार्वभौमिकतामाथि नै प्रश्न चिन्ह उठेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *