मधेशकै सर्वाधिक धनराशीको वीरगन्ज गोल्डकप आजवाट

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल र भारतका ८ वटा टिम सम्मिलित मधेश प्रदेशकै सर्वाधिक धनराशीको वीरगन्ज गोल्डकप आजवाट सुरु हुँदैछ । भेट्रान्स सिटी क्लबको आयोजनामा हुने दोस्रो संस्करणको ‘वीरगन्ज गोल्डकप’ वीरगन्ज आदर्शनगर रंगशालामा हुनेछ ।

प्रतियोगिता फागुन १७ शनिबार देखि २४ गतेसम्म हुने आयोजक भेट्रान सिटी क्लवका उपाध्यक्ष सागर राणाले बताए । प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिम प्रतिस्पर्धी हुने नकआउट चरणको गोल्डकप दोस्रो संस्करण अन्तर्गतको भएको उनको भनाइ छ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, दिल्लीको गढवाल डाइमण्ड फुटबल क्लब एपीआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सहलेश फुटबल क्लब सिराहा, आयोजक जिल्ला पर्साको ‘वीरगन्ज युनाइटेड क्लब’, काठमाण्डौको शंकटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बाग्मती युथ क्लब सर्लाही गरी ८ वटा टिमले प्रतिस्पर्धा गर्ने क्लवका महासचिव पंकज श्रेष्ठले बताए । अघिल्लो वर्ष झैं यो वर्ष पनि गोल्डकप उपाधि विजेता टिमलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहित ट्रफी र मेडलहरु प्रदान गरिने उनको भनाइ छ ।

त्यसैगरी उपविजेतालाई पनि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने आयोजक भेट्रान क्लबका अध्यक्ष सविन बस्नेतले बताए । सर्वोकृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिने पनि उनको भनाइ छ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ र बेस्ट किपर तथा बेस्ट कोचका लागि पनि नगद राशिको व्यवस्था गरिएको आयोजक भेट्रान क्लवले जनाएको छ ।

मध्य तराईमा फुटबल खेलको गतिविधि प्रवर्धन गर्न भेट्रान क्लबले गतबर्षबाट सुरु गरेको गोल्डकप प्रतियोगिताका सम्पन्न गर्न १ करोड ७ लाख भन्दा बढि लागत लाग्ने अनुमान गरिएको क्लबका सन्तोष खनालले बताए । यसको लागि वीरगन्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताका संयोजक सुवोध श्रीवास्तवले बताए । गोल्डकप आयोजनाका लागि आदर्शनगर रंगशालामा अस्थायी प्याराफिट निर्माण समेत गरिसकिएको छ ।

स्तरीय प्रतियोगिताका लागि वीरगन्जमा नै रहेको नारायणी रंगशाला प्रयोगमा आउने भए पनि अहिले नारायणी रंगशाला भग्नावशेषमा परिणत छ । फलतः यो पटकको वीरगन्ज गोल्डकप पनि वीरगन्जको आदर्शनगर रंगशालामा गर्न लागिएको संयोगक श्रीवास्तवले जनाए ।

गत वर्ष अर्थात पहिलो संस्करणमा सम्पन्न गोल्डकपको उपाधी विभागीय टिम नेपाल पुलिस क्लबले आफ्नो कब्जामा पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *