नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने बताएकाे छ ।पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टी पदाधिकारी बैठकले ‘नो केबलकार’ भन्ने कुरामा काँग्रेसको सैद्धान्तिक सहमति नरहे पनि विवादलाई वार्ताका माध्यमबाट समाधान गर्नु पर्नेमा जोड दिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
वार्ता निष्कर्षमा नपुगेसम्मका लागि निर्माण कार्य स्थगित गर्ने सरकारको कदम स्वागतयोग्य रहेको उनले बताए । त्यस्तै बैठकमा निर्वाचन सम्बन्धी विधेयक, दल सम्बन्धी विधेयकका बिषयमा छलफल भएको थियो । आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका बिषयमा पनि बैठकमा छलफल भएको नेता घिमिरेले जानकारि दिए ।