फेवा किनारमा सारङ्गीदेखि एआईसम्मको चर्चा हुने

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

पोखरा भ्रमण वर्ष २०२५ को सेरोफेरोमा फागुनमा फेवाताल किनारमा गण्डकीको सांस्कृतिक पहिचान सारङ्गीदेखि पछिल्लो अत्याधुनिक विकास आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मको चर्चा हुँदै छ ।

फागुन १५ देखि १८ सम्म वाराहीघाटमा नेपाल लिटरेचर फेस्टिभल २०२५ हुँदै छ । १२ औँ संस्करणको महोत्सवबारे जानकारी दिँदै आयोजक बुकवर्म फाउन्डेसनका कार्यकारी निर्देशक नीरज भारीले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरे  । महोत्सवलाई साहित्यको यस ‘कुम्भ मेला’ का रूपमा भव्य बनाउन आफूहरू लागेको उनको भनाइ छ । यस पटक महोत्सवमा देशविदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहने छ ।

५० भन्दा बढी छलफल सत्र, अन्तर्क्रिया, रचनावाचन रहेको कार्यक्रममा साङ्गीतिक प्रस्तुति पनि रहने छन् । नेपाल मामिलाबारे जानकार भारतीय नेपाली प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको प्रवचनसँगै फेस्टिभल आरम्भ हुने छ ।  महोत्सवका निर्देशक अजित बरालले साहित्य महोत्सवले समाजसँग संवाद गर्ने र समयलाई बुझ्ने प्रचलन स्थापित गर्ने उल्लेख गरे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *