झिनो अंकले बढेको बजारमा ११ अर्बको सेयर खरिद–बिक्री

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा बन्द भएको छ ।

आज ११ अर्ब आठ करोड ५४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । ९० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १४५ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज गार्डेन माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य ८५८ रुपैयाँ २० पैसा कायम भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेर तीन हजार ७७९ रुपैयाँ १० पैसा कायम भएको छ ।कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *