फुङलिङमा दुई पक्षबिच पुनः झडप, सात जना घाइते

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबिच  फेरि झडप भएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । झडपमा  ५ नेपाल प्रहरी र दुई आन्दोलनकारी घाइते भएका छन् । नो केबलकार पक्षले सदरमुकाममा राँके जुलुस गर्ने जानकारी गराएपछि सुरक्षाकर्मी सुरक्षाका लागि खटेका थिए । आन्दोलनरत पक्षका असिम पालुङवालाई राँके जुलुस नगर्न र शान्तिपूर्ण दवावका कार्यक्रम गर्नको लागि आग्रह गरेको उनले बताए ।

शान्तिपूर्ण र्‍याली विरेन्द्रचोक पुगी  राँके जुलुसमा परिणत भएको   क्षति हुन नदिनका लागि राँके जुलुसलाई नियन्त्रण लिने प्रयास गर्दा प्रहरी माथि लाठी र ढुङ्गा प्रहार भएपछि दुई पक्षविच झडप भएको र  घाइतेको एकिन विवरण नआएको र स्थितिलाई नियन्त्रण लिने प्रयास भएको शर्माकाे भनाइछ ।

नो केबलकार समूहका आन्दोलनरत पक्ष काफ्लेपाटीको आन्दोलनपछि  सदरमुकाम फुङलिङ झरेका थिए । सोही क्रममा आन्दोलनरत पक्षले फुङलिङ बजारमा शान्तिपूर्ण र्‍याली प्रर्दशन  गर्दै बिरेन्द्रचोक पुगी उक्त र्‍यालीलाई राँके जुलुसमा परिणत गरेका थिए ।

झडपका क्रममा आन्दोलनरत पक्षले फुङलिङ नगरपालिका ५ बिरेन्द्रचोकका केही घरमा राँके जुलुसका पुल्ठो फ्याँकेका थिए । सोअघि बिहीबार काफ्लेपाटीमा भएको झडपमा प्रहरी सहित १४ जना घाइते भएका थिए । गत माघ १२ गते भएको झडपमा प्रहरीसहित २४ जना घाइते भएका थिए ।

पाथीभरामा केबलकारको विषयलाई लिएर पटक पटक झडप हुँदैआएको छ । दुई पक्षविच पटक पटक वार्ता हुँदा पनि सहमति न निस्केपछि स्थानीय   बासिन्दा आक्रोशित हुँदैगएको स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *