जाजरकोटमा सुक्खा पहिरोमा परी चारजना घाइते

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जाजरकोटको नलगाड नगरपालिका– १० घ्यारगाउँमा सुक्खा पहिरोमा परी चारजना घाइते भएका छन्। राष्ट्रसंघीय खाद्य कार्यक्रमको आर्थिक सहायतामा सञ्चालित खानेपानी परियोजनामा गिट्टी कुट्ने कार्य भइरहेको वेला आइतबार बिहान माथिबाट अचानक आएको सुक्खा पहिरोमा परी चार मजदुरहरू घाइते भएका हुन्। बिहान १० बजे उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।

पहिरोमा परी घाइते हुनेहरूमा ५० वर्षीया कलधरी नेपाली, ४५ वर्षीया डम्मरीकुमारी बोहरा, ४५ वर्षीया लालसरी नेपाली र ३० वर्षीया कमला विक रहेका छन्। घटनालगत्तै नलगाड नगरपालिकाको एम्बुलेन्समार्फत घाइतेहरूलाई उपचारका लागि नगर अस्पताल दल्ली, जाजरकोट पठाइएको प्रहरी प्रमुख पाण्डेले बताए।

प्रहरी निरीक्षक राजुप्रसाद चौधरीले घटनाबारे जानकारी दिँदै भने, ‘घाइतेहरूको अवस्था सामान्य छ। आवश्यक उपचारका लागि अस्पताल पठाइएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *