हाँडीगाउँका केहि सडक आजदेखि ‘वन वे’

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौं महानगरपालिकाले आजदेखि काठमाडौं महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँका केही सडकलाई एकतर्फी (वन वे) बनाएको छ।

यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन बाटो एकतर्फी गरिएको महानगरपालिकाले जानकारी दिएको छ। महानगरपालिकाको भवन व्यवस्था समितिले पुस ५ गते निर्णय गरेर हाँडीगाउँका विभिन्न सडकलाई एकतर्फी बनाएको हो ।

एकतर्फी बनाइएका सडक

  • काठमाडौं महानगरपालिका वडा नम्बर ५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग–हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।
  • विशालनगर तर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नम्बर ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महाकाल तर्फमात्र प्रवेश गर्न पाउने।
  • हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट पठाउने।
  • नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरू वडा नम्बर ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने।
  • ढुंगेधााराबाट हात्ती महांकालतर्फ प्रवेश निषेध।
  • वडा नम्बर ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध।
  • बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध।

Leave a Reply

Your email address will not be published. Required fields are marked *