सुर्खेतबाट काठमाडौँ जाँदै गरेको रात्रीबस दाङमा दुर्घटना

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सुर्खेतबाट काठमाडौँ जाँदै गरेको रात्रीबस दाङकाे बबई गाउँपालिका-२ तल्लो ट्वाङ्खोलाकाे घुम्तीमा दुर्घटना भएको छ ।

कर्णाली प्रदेश ०२-००१ ख ०७०१ नम्बरको बस गएराती दुर्घटनामा परेको हो । दुर्घटना घटनास्थलमा  पुगेर प्रहरीले यात्रुहरूको उद्दार थालेको छ । अहिलेसम्म ७ जना घाइते यात्रुलाई उपचारको लागि तुलसीपुर प्रादेशिक अस्पताल लगिएको छ ।
 इलाका प्रहरी कार्यालय खिलतपुर र हापुरकाे प्रहरी टाेली घटनास्थलमा  खटिएको खिलतपुर प्रहरीे कार्यालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *