दोलखामा आजदेखि १३ दिने बृहत दोलखा महोत्सव सुरु भएको छ । सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा जारी महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो मंगलबार उद्घाटन गरेका छन।
मुलुकको आर्थिक समृद्धिको लागि मेला, महोत्सव कोशेढुङा सावित हुने मुख्य मन्त्री लामाले नागरिकको सभालाई सम्बोधन गर्दै भने, चीनको फलाक ( दोलखाको चरिकोट (महोत्तरीको जलेश्वर नाका हुँदै भारतसम्म जोड्ने सडक सरकारले यसै बर्ष निमार्ण गर्नेछ। यो तीन देश जोड्ने मार्गले देशकै आर्थिक समुन्नतिका लागि महत्त्व पुर्ण भुमिका निर्वाह गर्नेछ । दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष ईन्द्र श्रेष्ठले राखेको प्रस्ताव मुख्य मन्त्रीले सहर्ष स्वीकार गरेका छन् ।
कार्यक्रम उद्घाटनको लागि मुख्यमन्त्री लामा ढिलो आइपुगेका मुख्य मन्त्रीले पर्यटकीय नगरी जिरीमा मानव निर्मित कृतिम ताल र भीमेश्वर नगरपालिकामा मिनि एर्पोट बनाउन वागमती सरकार लागि पर्नेसमेत प्रतिबद्धता जाहेर गरेर दोलखालीको मन जित्न मुख्यमन्त्री लामा सफल भएका थिए ।
मुख्यमन्त्रीको प्रतिबद्धताको महोत्सवमा आफ्ना विचार राख्ने दोलखाका सम्पुर्ण राजनैतिक दलहरूले खुलेर तारिफ गरेकोका छन।
उद्घाटन सुरु हुनुअघि सुरु भएको झाँकी सहितको ¥यालीले बजारका बिभिन्न भागको परिक्रमा गरी टुँडिखेल रंगशालामा पुगेका थिए।
दोलखा उद्योग बाणिज्य संघको आयोजनामा भैरहेको महोत्सव १८ गतेसम्म सञ्चालन हुने दोलखा उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवले आन्तरिक उत्पादनको प्रबद्र्धनका साथै जिल्लाको सुस्ताउँदो व्यापार व्यवसायलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।
जिल्लाका उद्यमीहरूबाट उत्पादित बस्तुहरूको प्रदर्शनी, बजारीकरण र बिक्री गरी जिल्लाको आर्थिक कारोबारलाई क्रियाशील गराउने, दिगो आर्थिक विकास’bout सरोकारवालाहरू बीच साझा धारणा र तत्परता विकास गर्ने, साथै दिगो आर्थिक विकासको लक्ष्यमा संघको संस्थागत क्षमता विकास गर्ने दोलखा उद्योग वाणिज्य संघको मुख्य उद्देश्य रहेको छ ।
जिल्लाका समग्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक झाँकीहरूको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको सांस्कृतिक प्रस्तुति,स्थानीय उत्पादन तथा जिल्लाका धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थलहरूको डिजिटल डिस्प्लेमार्फत वृत्तचित्र प्रदर्शनी,महोत्सव स्थलदेखि भ्यूटावर हुँदै देउरालीसम्म घोडचढी सञ्चालन हुने संघले जनाएको छ।
महोत्सवमा १४० वटा स्टल राखिएकोमा स्थानीय उद्यमिको ६२ वटा स्टल छुट्याईएको संघले जनाएको छ । दोलखा उद्योग वाणिज्य संघका उपाध्यक्ष विमल श्रेष्ठले जिल्लाको कृषि, उद्यम उत्पादनलाई प्रबद्र्धन, आन्तरिक तथा बाह्य पर्यटकको प्रबद्र्धनमा महोत्सवले टेवा पु-याउने विश्वास व्यक्त गरे।
जिल्लाको व्यापार, व्यवसाय र बजारलाई चलायमान बनाउनुका साथै जिल्लाका स्थानीय उत्पादनहरुको प्रदर्शन गरी प्रचार प्रसार तथा बिक्री वितरण गरिने, धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रबद्र्धन गर्ने महोत्सवको मुख्य उदेश्य रहेको उपाध्यक्ष श्रेष्ठको भनाई छ ।
दोलखा महोत्सवमा झाँकीको प्रदर्शनीका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रर्दशनी रहनेछ । महोत्सवमा बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, जिल्ला स्तरीय लोक दोहोरी तथा जातीय भेषभूषा प्रतियोगिता र ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुनेछ ।
दोलखा उद्योग बाणिज्य संघका महासचिव सुरेश उप्रेतीले महोत्सवमा ६० वर्षमाथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बिद्यार्थीहरु र ८ बर्ष मुनिका बालवालिकालाई कार्यक्रममा बिशेष छुट सहितको प्याकेज सञ्चालन गरिने जानकारी दिए । आयोजकका अनुसार महोत्सवमा उत्कृष्ट कृषक तथा उद्यमीहरुलाई पुरस्कृत गरिनेछ ।