संसारका सबैभन्दा शान्तिपूर्ण १० देश

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

संसारमा हिंसाको घटना लगातार बढीरहेको छ । केही देशले अर्को देशमाथि आक्रमण समेत गरेको अवस्था छ । अधिकतम देश हिंसाकै चपेटामा छ, तर पनि संसारमा केही देश यस्ता पनि छन्, जहाँ हिंसा कम हुने गर्छ । ग्लोबल पिस इन्डेक्सले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार शान्तिपूर्ण देशको सूचीमा नेपाल ८० औं स्थानमा परेको छ भने छिमेकी देश भारत ११६औं स्थान र चीन ८८ औं स्थानमा परेको छ । त्यसैगरी हालै मात्र आन्तरिक राजनीतिक उथलपुथलबाट गुज्रिएको बंगलादेश ९३ र श्रीलंका १००औं स्थानमा परेको छ ।

ग्लोबल पिस इन्डेक्सअनुसार शान्तिपूर्ण देशको १० स्थानमा पर्ने देशहरू निम्नानुसार छन्

१. आइसल्यान्ड

आइसल्यान्ड संसारकै सबैभन्दा शान्तिपूर्ण देश बनेको छ । युरोपमा रहेको यो देशको जनसंख्या ३ दशमलव ९४ लाख रहेको छ । यहाँ स्थायी सेना छैन । सुरक्षाको लागि अन्तर्राष्ट्रिय सम्झौतामा निर्भर छ ।

२. आयरल्यान्ड

आयरल्यान्ड सर्वाधिक शान्तिपूर्ण देशको दोस्रो स्थानमा रहेको छ । युरोपेली देश आयरल्यान्डको जनसंख्या ५२ दशमलव ६ लाख रहेको छ । पहिले हिंसासँग जुधिसकेको आयरल्यान्ड हाल शान्तिपूर्ण देशको दोस्रो स्थानमा पुग्न सफल भएको छ ।

३. अस्ट्रिया

युरोपकै अर्को देश अस्ट्रिया संसारको तेस्रो सबैभन्दा शान्तिपूर्ण देश हो । यहाँको जनसंख्या ९१ दशमलव ३ लाख रहेको छ । अस्ट्रिया वार्षिक संगीत समारोह, जस्तो साल्जÞबर्ग महोत्सव र भियना फिलहारमोनिक अर्केस्ट्राको लागि प्रसिद्ध छ । पहिले अस्ट्रो–हंगेरियन साम्राज्यको केन्द्र रहेको अस्ट्रिया प्रथम विश्व युद्धपछि एक सानो गणराज्य बन्यो ।

४. न्युजिल्यान्ड

न्युजिल्यान्ड संसारकै चाँैथो सबैभन्दा शान्तिपूर्ण देश हो । न्युजिल्यान्डको जनसंख्या ५१ दशमलव २ लाख रहेको छ । दक्षिण प्रशान्तमा रहेको यो देश लोकतान्त्रिक सिद्धान्तको लागि प्रसिद्ध छ । जहाँं स्वतन्त्र र निष्पक्ष चुनाव, न्यूनतम विदेशी प्रभाव तथा पर्याप्त राजनीतिक अधिकार र नागरिक स्वतन्त्रता सामेल छन् । न्युजिल्यान्डको प्रहरी बल विना हतियार ड्युटि निभाउँछन् ।

५. सिंगापुर

संसारको सबैभन्दा शान्तिपूर्ण देशमा सिंगापुर पाँचौं स्थानमा रहेको छ । एसियाली देश सिंगापुरको जनसंख्या ५९ दशमलव २ लाख रहेको छ । सिंगापुरको रणनीतिक स्थिति, राजनीतिक स्थिरता र बलियो अर्थव्यवस्थाले यसलाई अन्तर्राष्ट्रिय व्यापार, वित्त र पर्यटनको लागि एक महत्वपूर्ण केन्द्र बनाएको छ ।

६ स्विजरल्यान्ड

युरोपमा परेको स्विजरल्यान्ड संसारको छैँठो सबैभन्दा शान्तिपूर्ण देश हो । यो देशको जनसंख्या ८८ दशमलव ५ लाख रहेको छ । स्विटजरल्यान्ड आधिकारिक रूपमा स्विस परिसंघ, मध्य यूरोपमा एक सानो भूमिबाट घेरिएको छ । शान्ति, सुरक्षा र अन्तर्राष्ट्रिय सहयोगको प्रतिबद्धताको लागि समेत यो देश परिचित छ ।

७ पोर्चुगल
पोर्चुगल संसारकै सातौं सबैभन्दा शान्तिपूर्ण देश हो । यो युरोपेली देशको जनसंख्या १ दशमलव ५ करोड़ रहेको छ । पोर्चुगलको समृद्ध इतिहास यसको राम्रोसँग गरिएको संरक्षित ऐतिहासिक स्थल र मध्ययुगीन महलहरूबाट प्रसिद्ध छ । पोर्चुगलले विशेष रूपमा पर्यटन, प्रौद्योगिकी र नवीकरणीय ऊर्जाको क्षेत्रमा उल्लेखनीय आर्थिक वृद्धि गरेको छ ।

८.डेनमार्क

युरोपकै अर्को देश डेनमार्क संसारको आठौं सबैभन्दा शान्तिपूर्ण देश हो । डेनमार्कको जनसंख्या ५९ दशमलव ५ लाख रहेको छ । डेनमार्क उनीहरूको समृद्ध इतिहास, बलियो अर्थव्यवस्था र स्थिरता, नवाचारप्रति प्रतिबद्धताको लागि परिचित छ । डेनमार्कमा डेनिसको बाहुल्यता रहेता पनि टर्की, पोलिस, रोमानियाली, जर्मन र इराकीसहित महत्वपूर्ण जातीय समुदायको उल्लेख्य संख्या रहेको छ ।

९ स्लोभेनिया

दक्षिणी मध्य यूरोपमा रहेको स्लोभेनिया पनि युरोपेली देश हो । यो देश नवौं सबैभन्दा शान्तिपूर्ण देश बनेको छ । स्लोभेनियाको जनसंख्या २१ दशमलव २ लाख रहेको छ । सन् १९९१ मा युगोस्लाभियाबाट स्वतन्त्र भएको स्लोभेनिया इटाली, अस्ट्रिया, हंगेरी र क्रोएसियाको साथ सीमा जोडिएको छ ।

१० मलेसिया

एसियाको मलेसिया संसारको दशौं सबैभन्दा शान्तिपूर्ण देश हो । मलेसियाको जनसंख्या ३ दशमलव ४३ करोड़ रहेको छ । मलेसिया विविध सांस्कृतिक चिनारीको रूपमा समेत प्रसिद्ध छ । यहाँ मलय, चिनियाँ र भारतीय प्रभाव रहेको छ । प्राकृतिक आकर्षणको लागि पनि यो देश प्रसिद्ध छ । जहाँ हरियाली, प्राचीन समुद्र तट र अद्वितीय वन्य जीवन सामेल छन् । यस्तै, इलेक्ट्रोनिक्स, पेट्रोलियम र पाम आयल उद्योगहरूमा जोड दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *