काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ। आज बिहान काठमाडौँको वायु प्रदूषण १७६ एक्यूआई मापन गरिएको छ।यसको मापन विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरले गरेको हो।
यस्तै दक्षिण एसियाली मुलुक बंगलादेशको ढाका पहिलो स्थानमा रहेको छ। बिहानसम्म ढाकाको वायु प्रदूषण २०४ एक्यूआई मापन गरिएको छ। भने, भारतको नयाँ दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ। १९९ एक्यूआईसहित नयाँ दिल्ली दोस्रो स्थानमा रहेको हो।
त्यस्तै तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ। यसको वायु प्रदूषण १९२ एक्यूआई मापन गरिएको छ।