हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको देउराली–मातातीर्थ सडकखण्ड बन्द गरिएको छ । सडक ढलानको काम भएकाले उक्त सडकखण्ड आजदेखि बन्द गरिएको जनाइएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५, को कार्यालयद्वारा जारी सूचनामा उक्त सडक आउँदो चैत्र २१ गतेसम्म पूर्ण रुपमा बन्द रहने उल्लेख छ ।
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ को महालक्ष्मी दोभान, घट्टेखोला, चखेल हुँदै मातातीर्थ जोड्ने सडकअन्तर्गत देउराली मातातीर्थ खण्डको सडकको मोडहरुमा ढलानको काम गरिँदै छ ।