उच्च अदालत पोखराका न्यायाधीश रन्तबहादुर बागचन्दको इजलासले कोटीहोम गर्नका लागि अवरोध नगर्न अन्तरिम आदेश दिएको हो । फाउन्डेसनले पोखरा-६, लेकसाइडमा कोटीहोम गर्ने बताएको छ । जसका लागि उसले नेपाल ट्रष्टको कार्यालयबाट जग्गा प्रयोगको अनुमति लिइसकेको छ ।
कोटीहोमका लागि भन्दै पोखरामा वरपीपल रूखहरू काटेपछि फाउण्डेसनमा विवादमा तानिएको थियो । महानगरले फेवाताल छेउमा कोटीहोम गर्न उपयुक्त नहुने बताउँदै आएको छ ।
‘कोटीहीम विराट ज्ञान महायज्ञ सञ्चालन गर्दा कुनै किसिमको हानी नोक्सानी नपुग्ने र त्यस्तो हानी नोक्सानी पुग्न गएमा क्षतिपूर्ति व्यहोर्न निवेदक तयार रहेको भन्ने प्रतिवद्वता समेत निवेदकका तर्फबाट बहस गर्नुहुने वरिष्ठ अधिवक्तामार्फत् इजलासमा अभिव्यक्त भएको समेतका आधारमा सुविधा सन्तुलनको सिद्वान्त समेतका दृष्टिले प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकद्वारा आयोजना गर्न लागिएको ‘विराट कोटीहोम ज्ञान महायज्ञ’ सञ्चालनमा कानून बमोजिम बाहेक कुनै बाधा अवरोध उत्पन्न नगर्नु नगराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ’, आदेशमा भनिएको छ ।