माऔेबादीले शसस्त्र हिसात्मक आन्दाेलन शुरूवात गरेकाे आजका दिनलाइ सर्वोच्च अदालतको आदेशविपरीत करिब ३ दर्जन पालिकाले ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिएका छन् । कतिपय पालिकाले २०५२ मा सशस्त्र द्वन्द्व सुरु भएको दिनलाई ‘जनयुद्ध दिवस’ का रूपमा मनाउन वडा तहसम्म विभिन्न कार्यक्रम गर्दै छन् ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७९ मा हरेक वर्ष फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउनका लागि सार्वजनिक बिदा दिने पहिलो पटक औपचारिक निर्णय गरेको थियो । त्यो वर्ष सरकारको निर्णयअनुसार सार्वजनिक बिदा दिइए पनि २०८० देखि भने त्यसलाई सर्वोच्चले रोक लगाएको थियो ।
मन्त्रिपरिषद्को निर्णयविरुद्ध द्वन्द्वपीडितका तर्फबाट अदालतमा परेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय संविधानको भावना विपरीत रहेको ठहर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले गत वर्ष पुस १३ मा सार्वजनिक बिदा खारेज गरिदिएको हो ।