देशमा पश्चिमी वायुको प्रभाव, पाँच प्रदेशमा हिमपातको सम्भावना

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउसो कोशी, बागमती, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना छ । अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । राति पनि यही सिलसिला जारी रहने महाशाखाले जनाएको छ ।कोशी, बागमती, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भूभागहरूमा हुस्सु लाग्ने सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *