लोमस फर्मास्युटिकलको कोडेप ट्याब्लेट गुणस्तरहीन

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधिलाई तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । लोमस फर्मास्युटिकल प्रालिद्धारा उत्पादित कोडेप ट्याब्लेट बेचबिखनमा रोक लगाउँदै विभागले बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।

विभागले लोमस फर्मास्युटिकल प्रालि गोठाटार, काठमाडौंबाट उत्पादित कोडेप ट्याब्लेट नामको औषधि तोकिएको स्तरबमोजिम नभएको पाइएकोले उक्त औषधिको उत्पादन तथा बिक्रीवितरण रोक्का राख्नुका साथै बजारमा उपलब्ध सम्पूर्ण ब्याचहरु समेत फिर्ता गर्न निर्देशन दिएको छ ।

त्यसको विवरणसमेत विभागमा यथाशीघ्र पेश गर्न निर्देशन दिइएको छ । उक्त औषधिको सिफारिस, बेचबिखन तथा प्रयोग नगर्न नगराउन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *