मस्कोमा विस्फोट हुँदा एकको मृत्यु, चार घाइते

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

रूसको राजधानी मस्कोको एक अत्याधुनिक आवासीय भवनमा सोमबार भएको विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन् ।

रूसी सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणमा पूर्वी युक्रेनका एक पूर्व बक्सिङ अधिकारी आर्मेन सार्किसियन पनि घाइते भएको बताइएको छ । सार्किसियनले किएभविरुद्ध लड्न बटालियन स्थापना गरेका थिए  ।

युक्रेनविरुद्ध पूर्ण आक्रमण सुरु गरेदेखि नै रूसमा हत्या र रहस्यमयी विष्फोटका शृङ्खलाबद्ध आक्रमण भइरहेका छन् ।

“विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्”, स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै रूसी समाचार संस्था तासले जनाकारी गराएको छ, “घाइतेको अवस्था गम्भिर छ।”

युक्रेनको पूर्वी सहर गोर्लिभ्कामा पृथकतावादी बक्सिङ महासङ्घका प्रमुख सार्किसियनको विस्फोटमा परी मृत्यु भएको रुसी सञ्चारमाध्यमले सुरुमा बताए पनि उनि  घाइते अवस्थामा रहेको बुझिएकाे छ ।

इन्टरफ्याक्स समाचार एजेन्सीले कानुन कार्यान्वयन गर्ने स्रोतलाई उद्धृत गर्दै भनेको छ, “सार्किसियन अस्पताल भर्ना भएका छन् । उनको अवस्था अत्यन्तै गम्भीर देखिएको छ।”

रिया नोभोस्ती समाचार संस्थाले आपतकालीन सेवाका अधिकारीलाई उद्धृत गर्दै ‘विष्फोटक उपकरण’ विस्फोट भएको पुष्टि गरेको छ । रूसी सञ्चारमाध्यमका अनुसार सार्किसियनले सन् २०२२ मा युक्रेनविरूद्ध लड्नका लागि बटालियन स्थापना गरेका थिए  ।

समाचार एजेन्सीहरूले उत्तर–पश्चिम मस्कोमा भवनको प्रवेशद्वाराबाट लिएको श्रव्यदृश्यमा एउटा व्यापक क्षतिग्रस्त हल, भाँचिएको ढोका र फुटेका सिसा देखाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *