३० केजीको खुकुरी प्रदर्शनीसहित बिक्रीमा

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

चौँथो रामपुर महोत्सव तथा व्यापार मेलामा स्थानीयदेखि प्रतिष्ठित उद्योगबाट उत्पादन भएका सामग्रीहरु राखिएको छ । तर मेला अवलोकनका लागि पुग्ने दर्शकको ध्यान खुकुरीले तानेको छ ।

३० किलो ग्राम तौल र एक लाख ११ हजार एक सय ११ रुपियाँ मूल्य तोकिएको खुकुरीले सबैको आकर्षणको केन्द्र बनेको हो । विश्वकर्मा आरन उद्योग वालिङ नगरपालिका-८, स्याङ्जाका सञ्चालक सन्तोष विश्वकर्माले तयार गरेकाे  खुकुरी स्टलमा प्रदर्शनी संगै विक्रीमा राखिएक‍ो हो । कृषि तथा घरायसी प्रयोजनका लागि आवश्यक फलामका औजार सहित उनले दापसहित पाँचफिट दुईइन्च लामो खुकुरी बिक्रीमा राखेका हुन  ।

उनको स्टलमा उक्त खुकुरी हेर्न र फोटो खिच्नेको घुइँचो लाग्ने गरेको छ । खुकुरीको बारेमा जानकारी दिँदैमा उनलाई फुर्सद छैन । नेपालीको शानको रुपमा रहेको खुकुरीबारे जानकारी दिनका लागि ठूलो खुकुरी निर्माण गरेको उनले बताए ।

उनले भने , “धेरै तौल भएको ठूलो खुकुरी सजाउनुको विकल्प छैन । खुकुरी नेपालीको शान हो । घरको सजावटका लागि राख्न चाहानेहरुको लागि यो निर्माण गरिएको हो,” । खुकुरीको तौल २५ किलो र दापको तौल पाँच किलो रहेको उनले जानकारि दिए  ।

खुकुरी निर्माणमा ज्याला खर्च बाहेक ३० हजार रुपियाँ खर्च भएको बताउदै  सजावतका लागि आफैले निर्माण गरेको मध्ये यसअघि १३ केजीको ४५ हजार र २० केजीको ५५ हजारमा खुकुरी बिक्री गरेको अनुभव सुनाउँदै अहिलेको खुकुरी बिक्री भएमा बेच्ने र नभएमा विभिन्न स्थानको मेलाको प्रदर्शनीमा राखिने जानकारी दिए  ।

३६३ नम्बरमा रहेको उनको स्टलमा खुकुरीले दर्शकको ध्यान मात्र नभै अन्य सामग्री विक्रीमा पनि सहयोग गरेको र गत माघ १५ देखि सुरु भएको मेलामा व्यापार निरन्तर बढ्दै गएको बताए  ।

पुर्खाले गर्दै आएको आरन व्यवसायलाई निरन्तरता दिँदै आएका विश्वकर्माले विभिन्न स्थानमा लाग्ने मेला महोत्सवले तयार भएका औजारको बजारिकरणमा सहयोग महत्वपूर्ण टेवा दिईरहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *