आजदेखि त्रिकोणात्मक टी–२० : उद्‌घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

आजदेखि सुरु हुने त्रिकोणात्मक टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले उद्‌घाटन खेल नेदरल्याण्ड्ससँग खेल्ने भएको छ। खेल अपराह्न १२:१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

आजदेखि सुरु भएर माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन्। यस शृङ्खलामा नेपाल, नेदरल्याण्ड्ससँगै थाइल्यान्ड पनि रहेको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० शृङ्खलाको पूर्वसन्ध्यामा बुधबार ट्रफी सार्वजनिक गरेको थियो। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्याण्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका थिए।

कप्तान बर्माले यो शृङ्खला आफूहरूका लागि महत्वपूर्ण रहेको बताउँदै ट्रफी जित्ने विश्वास व्यक्त गरेकी छिन्। यस्तै, नेदरल्याण्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले पनि शृङ्खलाको उपाधि आफ्नो टिमले हात पार्ने दाबी गरेका छन्।

शृङ्खलाका लागि नेपाली टोलीमा बर्माको कप्तानीमा रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *