नगरकोट भ्रमण वर्ष २०८२ को तयारी तीव्र

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरकोट भ्रमण वर्ष २०८२ को तयारीलाई तीव्रता दिएको छ।‘कृषि, पर्यटन र सामाजिक पूर्वाधार: समृद्ध चाँगुनारायणको मुल आधार’ नाराका साथ नयाँ वर्ष २०८२ को वैशाख १ गतेदेखि भ्रमण वर्षको औपचारिक सुरुवात हुनेछ।

तयारीस्वरूप हाल नगरपालिकाका १ देखि ९ वटै वडामा वडास्तरीय भ्रमण वर्ष तयारी समिति गठन गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ। चाँगुनारायण नगरपालिका-६ नगरकोटमा २०१ सदस्यीय तयारी समिति गठन भइसकेको छ।चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाभित्र पर्यटन प्रवर्द्धन गर्न भ्रमण वर्ष २०८२ को आयोजना गरिएको जानकारी दिए।

नगरकोटस्तरीय समन्वय समिति गठन गरी विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई सहभागी गराइएको छ। उक्त समितिमा पूर्व जनप्रतिनिधि, राजनीतिक दलका सदस्य, नागरिक समाजका प्रतिनिधि, होमस्टे तथा होटल व्यवसायी, पर्यटन उद्यमी, सहकारी र अन्य संस्थाका प्रतिनिधिहरू सहभागी छन्।

नगरकोट भ्रमण वर्षको तयारीले नगरवासीमा सकारात्मक उत्साह थपेको छ। भ्रमण वर्षका क्रममा वर्षभर विभिन्न सांस्कृतिक, पर्यटकीय र आर्थिक गतिविधि आयोजना हुने भएकाले यसले स्थानीय आर्थिक गतिविधिमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।

२०८० मा भएको दोस्रो स्थानीय निर्वाचनपछि चाँगुनारायण नगरपालिकामा बनेको नयाँ नेतृत्वले पहिलो बैठकमै नगरकोट भ्रमण वर्ष २०८२ को घोषणा गरेको थियो। त्यसयता तयारी कार्यलाई प्राथमिकता दिइएको र हाल तीव्र रूपमा अगाडि बढाइएको नगरपालिकाले जनाएको छ।नयाँ वर्ष २०८२ को वैशाख १ गतेदेखि भ्रमण वर्ष औपचारिक रूपमा प्रारम्भ हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *