बिराेधकाे स्वर अनेकः धराने मेयर रित्तो गाग्री बोकेर सिंहदरबार भित्रदै

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई रित्तो गाग्री बोकेर काठमाडौँ आइपुगेका छन् । साताअघि फेसबुकमार्फत् खानेपानी आन्दोलनको घोषणा गरेका उनले प्रतिकात्मक खबरदारीस्वरुप रित्तो गाग्रीको प्रयोग गरेका हुन् ।

मेयर साम्पाङले आज रित्तो गाग्री बोकेर सिंहदरबार छिर्ने बताएका छन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवसँग भेट्ने पनि उनको योजना छ ।

साम्पाङले यसअघि पनि पटक पटक धरानको खानेपानी समस्यालाई सम्बोधन गरिदिन सरकारलाई पत्र लेख्दै आएका थिए । तर साढे दुई वर्षसम्म माग सम्बोधन नभएपछि उनले प्रधानमन्त्रीलाई भेटेर रित्तो गाग्री देखाउने निर्णय गरेका हुन् । उनले धरानको भानुचोकमा यसअघि  रित्तो ग्रागीसहित प्रदर्शन गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *