धरानको खानेपानीको समस्या समाधानको प्रयास गर्ने मन्त्री यादवको प्रतिबद्धता

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

धरान उप महानगरपालिकाका प्रमुख हर्कराज राईसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलकामा उनले समस्या समाधानका लागि एकीकृत खानेपानीका लागी यो वर्ष बोलपत्र अह्वान गर्ने तयारी भएको जानकारी दिए  ।

मन्त्री यादवले भने , “जग्गा प्राप्तिको सुनिश्चितताको जिम्मा धरान उप-महानगरपालिकाले गर्नुपर्छ । योजना छनौट भइसकेको छ । दीर्घकालीन रुपमा खानेपानीको समस्या हामीले समाधान गर्नेछौँ ।”

धरान उप महानगरपालिकाका प्रमुख हर्कराज राईले लामो समयदेखि धरानमा खानेपानीको समस्या भएको र उप महानगरको बजेटले धान्न सक्ने जति आफूले गरेको तर धान्न नसक्ने भएपछि खानेपानी मन्त्रीलाई भेट्न आएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *