रामदेवविरुद्ध पक्राउ पुर्जी जारी

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

भारतको एक अदालतले योगगुरु रामदेवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । रामदेव र उनका सहयोगी आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको टेलिग्राफ इन्डियाले जनाएको छ ।

रामदेवको पतञ्जलि आयुर्वेदिक कम्पनीले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै उजुरी परेको थियो । सोही विषयमा रामदेव र बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

पालक्कड जिल्ला अदालतले यी दुईविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पतञ्जलिले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै एक चिकित्सकले तीन वर्षअगाडि उजुरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *