रास्वपा कोसी प्रदेश सभापति तिम्सिना निलम्बीत

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कोसी प्रदेश सभापति तथा प्रदेश समिति सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ ।

रास्वपाले शुक्रबार तिम्सिनालाई निलम्बनको पत्र पठाएको हो । “केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ नियम ४.१ (ख)को नियम ४.१.१ (ख) तथा नियम ६.२.३ (झ) को अनुसार निलम्बन गरिएको छ,” पत्रमा भनिएको छ ।

पार्टीको कोसी प्रदेश सदस्यहरू, पदाधिकारी तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरीपाउँ भनि केन्द्रीय अनुशासन आयोगसमक्ष दिएको उजुरी र त्यसपछिको स्थलगत मूल्यांकन पछि तिम्सिनालाई निलम्बन गरिएको रास्वपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *