ऐन तथा नियमावली उल्लङ्घन गरेमा १११५ मा जानकारी गरौँ

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ऐन तथा नियमावली उल्लङ्घन गरेमा हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा जानकारी गराउनुहुन अनुरोध गरेको छ ।मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री नियन्त्रण गर्न बनेको ऐन तथा नियमावली उल्लङ्घन भएको पाइएमा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा जानकारी गराउन सबैमा अनुरोध गरेकाे छ ।

सरकारले मातृ शिशु मैत्री अभियानअन्तर्गत सम्पूर्ण सरोकारवालाहरु लाई स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्दै स्तनपानलाई निरुत्साहित गर्ने वस्तुहरुको अनुचित बजारीकरणलाई नियन्त्रण गर्न आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु–बिक्री नियन्त्रण ऐन २०४९ तथा नियमावली २०५१ ल्याएको छ ।उक्त ऐन र नियमावालीको कार्यान्वयन गर्न मन्त्रालय प्रतिवद्ध रहेको र सबै सरोकारवालालाई सो ऐन तथा नियमावली प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन  मन्त्रालयले विज्ञप्तिमार्फत् अनुरोध गरेको छ ।

शिशु जन्मिएपछि जतिसक्दो चाडो–एक घण्टाभित्र अनिवार्य रुपमा आमाको बिगौती दूध खुवाउनुपर्छ । चिकित्सकका अनुसार बिगौती दूधले भविष्यमा बालबालिकालाई विभिन्न प्रकारका रोगको जोखिमबाट टाढा राख्नुका साथै बाल मृत्युदरलाई समेत घटाउन मद्दत गर्छ । त्यसका अलाव आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने चिकित्सक बताउछन् ।

आमाको दूधमा शिशु जन्मेपछि छ महिनाको उमेरसम्म चाहिने सम्पूर्ण पौष्टिक तत्त्वहरु पाइने हुनाले शिशुलाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउन बुढाथोकीले आग्रह ग रेका छन् । छ महिना पश्चात थप पोषिलो खानाका साथै कम्तिमा २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिन उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *