आजको मौसम

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान कोशी, बागमती र मधेशलगायत देशका पहाडी भू–भागमा आंशिक रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। तराईका केही भू–भागमा हुस्सु/कुहिरो हुस्सु लागेको अवस्था छ।

दिउँसो कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। बाँकी स्थानमा मौसम सफा रहनेछ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेको बताउँदै महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पुर्‍याउन सक्ने उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *