आगलागीमा परी ओलम्पिक पदकहरू भष्म

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

 गेरी हलको ओलम्पिक पदकहरू लस एन्जलसमा लागेको आगलागीमा परी नष्ट भएको छ। अमेरिकाका लागि स्विमिङमा प्राप्त ती पदकहरू आगोले भष्म भइसकेको उनले बताए। पासिफिक पालीसेड्समा गत साता आगलागी हुँदा उनको कुकुर, इन्सुलिन, उनका हजुरबाको पेन्टिङ र केही धार्मिक सामग्रीहरूमात्रै लिएर भाग्नु परेको उनले बताए।

५० वर्षीय पूर्व ओलम्पिक खेलाडी हलले बताए—३० सेकेन्ड बढी समयसम्म बसेको भए शायद मैले पदकहरू पाउने थिएँ। तर, मैले जोखिम लिन चाहिन । कुकुर र उसको खानेकुरा लिएर घरबाट भाग्न नै सही लाग्यो र म भागेँ।

हलले १९९६ देखि २००४ सम्मको ओलम्पिकमा पदक जितेका थिए। जसमा ५ स्वर्ण, ३ रजत र २ कांस्य गरी कुल १० पदक रहेको छ । अहिले यी सबै पदकहरू आगोबाट नष्ट भइसकेको छ। यसको बदला अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले नयाँ पदक बनाइदिने भनेर सामाजिक सञ्जालमा पोस्ट गरेको छ।

आईओसीका थोमस बाचले एक्समा लेखेका थिए-लस एन्जलसमा लागेको आगलागीले निकै आघात पुर्‍याएको छ। अहिलेको अवस्था सबै जना आगो निभाउन संघर्षमा छन्। त्यहाँका नागरिकहरू र उनीहरूको सम्पत्ति जोगाउन पनि संघर्षरत छन्। हामीले महान ओलम्पियन गेरी हल जुनियरले उनका सबै पदकहरू आगोमा गुमाएको थाहा पायौं। यसको बदला आईओसीले उनलाई नयाँ पदक दिलाउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *