सरकार टिक्नेमा शंका छ: पूर्वप्रधानमन्त्री नेपाल

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसको सरकार टिक्नेमा शंका रहेको पुर्व प्रधानमन्त्री माधव नेपालले बताए । बाराको कलैया स्थित करणराज होटलमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सरकार टिक्नेमा शंका रहेको बताए ।प्रधानमन्त्री केपी ओलीले आफनो दम्भमा एक्लै सरकार चलाउन खोजेकोले अन्य दल रुष्ट भएकोले सरकार टिक्न सम्भावना कम रहेको बताए । देशमा विकासको नाममा खाली चुटकिला भईरहेको बताए । विकास गर्ने योजना नभए आफ्नो पार्टीसँग सल्लाह लिन बताए ।

पालिका स्तरमा अस्पताल बनाउने योजना विकास नरहेको बताए । खर्व बजेट लगाई विशाल भवनको निर्माण त हुन्छ, तर दक्ष डाक्टर, प्रविधिक नहुदा खण्डहर भएर बजेट बालुवामा पानी सरह हुन्छ नेपाल भने ।प्रत्येक पालिकाको सट्टा जिल्ला स्तरमा सुविधा सम्पन्न अस्पताल निर्माण हुदा विरामीहरू सेवा लिनुको साथै बजेटको अन्य विकासको कार्यमा लागु गर्न सकिने उनले बताए ।

निजगढ विमानस्थल, फास्ट ट्रयाक बजेटको अभावमा हैन कि सरकारको लापरवाहीले ढिलासुस्ती भएको आरोप लगाए । भिजन बिनाको सरकारले गफ मात्रै दिने उनले बताए । अनावश्यक ठाउको बजेट काटेर राष्ट्रिय स्तरको गौरवको योजनामा लगानी गरे देश विकासको फडको मार्नेमा जोड दिए ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पदको लागि लडनेले काम पनि गरेर देखाउनु पर्ने नेपालले बताए । पार्टीले प्रत्येक चार महिनामा मुल्यांकन प्रतिवेदन केन्द्रीय कमिटिमा पठाउनु पर्ने प्रवाधान लागु गरेको बताए । यसरी प्रतिवेदनको अधारमा पद कायम गर्ने व्यवस्था गरिएको बताए ।

प्रत्येक जिल्ला, गाउ, वडा, टोलटोलमा कमिटि गठन गर्ने कार्यकर्तालाई निर्देशन दिएका थिए । कमिटी विस्तार गरि पार्टीलाई मजबुत बनाउनु पर्नेमा जोड दिएका थिए । मिसन २०८४ को लागि कार्यकर्तालाई तयार रहन पार्टी अध्यक्ष नेपालले निर्देशन दिएका थिए । वडा देखि पालिका सम्मको लागि प्रत्येक उम्मेदवारले आफनो दम्भमा तयारी गर्न सुझाव दिएका थिए ।

प्रत्येक पालिकामा आफ्नो उम्मेदवारी मजबुत बनाउनु पर्ने बताए । आफै मजबुत भए मात्र अरु पार्टी आफै गठबन्धन गर्न आउने वतावरण सृजना गर्नु पर्ने बताए ।आफुहरू नेकपा माओवादी, जसपा नेपालक, विप्लव लगायतको पार्टीसंगको समाजवादी मोर्चा तयार गरी अघि बढने छलफल समेत भईरहेको बताए । कार्यक्रम जिल्ला अध्यक्ष विजेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *