रवि लामिछानेको थुनछेक बहस सकिएन : न्यायिक हिरासतमा पठाइयो

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति,निलंम्वित सासंद एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ, जिल्ला अदालतले हिरासतमा पठाएको छ।लामिछानेकाे बयान सकिए पनि थुनछेक बहस नसकिएपछि अदालतले सोमबार उनलाई न्यायिक हिरासतमा पठाएको हो ।

आइतबार जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस नसकिएपछि लामिछानेलाई सोमबार बिहान १० बजे अदालतमा उपस्थित हुने गरी हिरासतमा पठाएको थियो । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन सम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस जारी रहेकाले हिरासतमै बस्नुपर्ने भएको हो ।

मंगलबार माघ १ गते माघीको सार्वजनिक बिदा भएकाले अदालत बन्द हुन्छ । अब लामिछाने बुधबार मात्र अदालतमा उपस्थित हुनेछन् । लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकालीको हिरासतमा राखिएको छ ।

लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँ कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरुपयोग आरोपमा मुद्दा दर्ता भएको छ। लामिछाने सहितका प्रतिवादीविरुद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार दुई सय ७० रुपियाँ बिगो कायम गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *