सर्लाही प्रहरीले व्यक्ति हत्यापछि फरार रहेका एक प्रतिवादीलाई ४० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको साविक ब्रम्हपुरी गाउँपालिका– ९ (हालको ठेगाना राजदेवी नगरपालिका–९ रौतहट) भएका ५६ वर्षीय राजु सिंह रहेका छन् ।
पक्राउपछि उनलाई फैसला कार्यान्वयनको लागि आइतबार रौतहट जिल्ला अदालतमा बुझाइएका उनले बताए । सिंहले ४० वर्षअघि रौतहटमा हत्या गरेका व्यक्तिको परिचय भने प्रहरीले खुलाएको छैन ।