आज देशका यी स्थानमा हुने छ वर्षा

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

आज  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज  राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। बागमती प्रदेश, गण्डकी  प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *