सिम्रिक एयरबाट स्काई डाइभिङ : नेपाली प्रशिक्षकले नै स्काई डाइभिङ गराउन सफल

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ  सुरु गरेका छन्। विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका युवाहरूले स्काई डाइभिङ थालेका हुन्। यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भए पनि यसपटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएका हुन्। सिम्रिक एयर र इन् स्काई डाइभ कम्पनीले पोखरामा स्काई डाइभिङ सुरु गरेका हुन्। शुक्रबारदेखि २१ जनवरीसम्म स्काई डाइभिङ हुने इन् स्काई डाइभ कम्पनीका सञ्चालक तथा प्रशिक्षक एलिस थापाले जानकारी दिए।

यस अवधिमा स्काई डाइभिङ गर्न कम्पनीले भीआईपी र डिलक्स गरी दुई वटा प्याकेज बनाएको थापाले बताए। भीआईपीको १ लाख १५ हजार रुपैयाँ र डिलक्सको ९५ हजार रुपैयाँ पर्ने उनले जानकारी दिए। विदेशीलाई भने थप ५ हजार बढी लाग्ने उनले बताए।

स्काई डाइभका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाई १५ दिनको अनुमति दिएको छ। स्काई डाइभका लागि पोखरा विमानस्थलबाट हेलिकोप्टर उडान गरी पोखरा २३ लौराकको १३ हजार फिट आकाशबाट डाइभ गर्नेछन्। माथिबाट ड्राइभ गरेका मानिस लौरुकको फाँटमा उत्रिने छन्।

यो कार्यक्रमपछि यात्रुको माग आएमा कम्पनीले नियमित रूपमा स्काई डाइभिङ गराउने योजना बनाएको थापाले बताए। एलिसलाई सुवास थापा, मनिष हिराचन, आशिष थापा र नेपालको पहिलो महिला स्काई डाइभर यशोदा केसीले साथ दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *