राप्रपाको जलपानमा प्रधानमन्त्री

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

श्री ५ बडामहाराजाधिराज  पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा जलपान समारोह कार्यक्रम गरेको छ।

सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू उपस्थित भएका छन्।

आज सिङ्गो राष्ट्रको निम्ति गौरवको दिन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन ।

शनिबार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आजको दिन सिङ्गो नेपालीहरू र सिङ्गो राष्ट्रको निम्ति पनि गौरवको दिन भएको उल्लेख गरे  ।

अध्यक्ष नेपालले भने , ‘‘यो सिङ्गै नेपालीहरूको र सिङ्गो राष्ट्रको निम्ति पनि गौरवको दिन हो । यो दिन आफैँमा पनि गौरवको दिन हो । आधुनिक नेपालको निर्माता, आधुनिक नेपाल एकीकरण गर्ने अभियन्ता पृथ्वीनारायाण शाह नेपाल आमाको असल सन्तती, असल योद्धा हो । जसले इतिहास रच्नुभयो । उहाँ सबैको साझा सम्पत्ति हो । हामी सबैले उहाँलाई सम्मान गर्नुपर्छ, उहाँको वीरताको प्रशंसा गर्नुपर्छ ।’’

उनले आधुनिक नेपालको निर्माता, आधुनिक नेपाल एकीकरण गर्ने अभियन्ता पृथ्वीनारायाण शाह नेपाल आमाको असल सन्तती, असल योद्धा भएको बताउदै  पृथ्वीनारायाण शाह राष्ट्रको साझा सम्पत्ति भएको उल्लेख गरे  । नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको परराष्ट्रनीतिका आधारहरू अघि सार्ने व्यक्तित्व रहेको पनि बताए  ।

उनले भने  ‘‘नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको परराष्ट्रनीतिका आधारहरू अघि सार्ने व्यक्तित्व हुनुहुन्छ । नेपाल राष्ट्रलाई माया गर्नुपर्ने, देशलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ । देशको गौरवगाथालाई माथि उठाउनुपर्ने आवश्यकता छ । देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता छ । पृथ्वीनारायण शाहको दिव्योपदेश जति प्रचार हुनुपर्ने हो त्यो हुन सकेको छैन ।’’

अध्यक्ष नेपालले पृथ्वीनारायण शाहको दिव्योपदेश हुनुपर्ने जति प्रचार गर्न नसकेको पनि बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *