रवि लामिछाने धरौटीमा रिहा

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति, निलम्बित सासंद, एवम् पूर्व गृहमन्त्री रवि लामिछाने ६५ लाख धरौटी राखेर बिहीबार साँझ रिहा भएका छन् । यसअघि हिजै लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटी माग गरेको थियाे ।

रास्वपा नेता डीपी अर्यालले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने शर्तमा प्रहरीले रिहा गरेको जानकारी प्राप्त भएको छ । सभापति लामिछाने सेतो गाडी चढेर बाहिरिएको  तस्बिर सार्वजनिक भएको छ । उनलाई फिस्टेल अस्पताल गैरी पाटनमा लगिएको  र त्यहाँ उनको स्वास्थ्य परीक्षणपछि नेता डिपी अर्याल र परिवारका सदस्यलाई जिम्मा लगाएकाे  जानकारी प्रहरीले दिएको छ ।

लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति,  निलम्बित सासंदएवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइए पछि उनि आज  आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।

अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेशानुसार रू ६५ लाख धरौटी बुझाएर उनि  कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए ।  उनिसँगै उक्त मुद्दाका छ जना प्रतिवादीहरू  छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतले जनाएकाे छ ।

अदालतमा दश दिनसम्म भएको थुनचेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने  बताइएकाे छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *