राजमार्गमा बम खोज्दै सेना र प्रहरी

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

विदेशमा रहेका माओवादी कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गमा विस्फोटक पदार्थ राखिएको र सडक निर्माणको क्रममा विस्फोट हुनसक्ने चेतावनी दिएपछि सेना र प्रहरीको टोली बमको खोजीमा जुटेको छ ।

द्वन्द्वकालमा राजमार्गको किनारमा बम बिच्छाइएकाले सडक निर्माणको क्रममा मान्छेको ज्यान जानसक्ने भन्दै विदेशबाट स्थानीयलाई खबर आएपछि मोरडको सुन्दरहरैचामा सेना र प्रहरीले खोजी तीब्र बनाएका छन् । प्रशासनले आज बिहानैदेखि सुन्दरहरैचा नगरपालिका ७, गोठगाउँ पूर्व र सलकपुर पश्चिम क्षेत्रमा राजमार्ग बन्द गराएर जमिनमुनि गाडिएको विस्फोटक पदार्थ खोज्न लगाएको हो ।

करिब तीन किलोमिटर क्षेत्रसम्म पूर्वपश्चिम राजमार्ग बन्द गराएर विस्फोटक पदार्थको खोजी थालिएको छ । सवारी  साधनहरु उत्तरतर्फको सडक प्रयोग गरेर सञ्चालनमा छन् ।

मोरङको मुख्य सडक द्वन्द्वकालका ४ बटा बम भेटिए

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचामा द्वन्द्व कालको ४ वटा बम फेला परेको छ ।सडक विस्तार गर्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालती पुल नजिककै  जमिनमुनि गाडेको अवस्थामा ४ वटा सिलिन्डर बम फेला परेको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए । उनका अनुसार बिहीबार बिहान ८ बजेतिर मालती पुल आसपास बम छ भन्ने सूचना आएपछि नेपाली सेनाको बम डिस्पोज टोली र बम ‘सर्च’गर्ने टोलीले बम खोज्दा भेटिएको थियो ।

पूर्वपश्चिम सडक विस्तार गर्ने काम भइरहेको छ । त्यस क्षेत्रमा बम रहेको सूचना आएपछि त्यस क्षेत्रबाट सवारीसाधनलाई अन्यत्र डाइभर्सन गरी सवारी सुचारु पारिएको प्रहरीले जनाएको छ ।

सडक विस्तार गर्ने क्रममा माटो खन्दै मालती पुल नजिक पुगेपछि त्यहाँ बम रहेको सूचना आएपछि तत्कालै नेपाली सेनासँग समन्वय गरेर बम सर्च गर्ने काम गरेको बताउँदै, एसपी चिमरियाले भने, ‘बम डिस्पोज टोली र सर्च टोली दुवै एकै साथ परिचालन गर्‍यौँ । सुरुमा त्यहाँ ३ वटा बम छ भन्नै सूचना प्राप्त भए पनि शंका लागेर छेउछाउमा सर्च गर्दा ४ वटा सिलिन्डर बम फेला पर्‍यो । यो बम अहिलेको नभई द्वन्द्व काल मै राखिएको हो ।’

नेपाली सेनाको टोलीले बम नष्ट गर्ने तयारी गरिरहेको छ । राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो । बिहान १० बजेदेखि बम खोजी गर्दा भेटिएका ४ वटा बममध्ये सेनाको टोली एउटा निष्क्रिय पारिसकेको र आजै अन्य ३ वटा निष्क्रिय पार्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *