जय ट्रफी : मधेशमाथि पुलिसको सानदार जित

मनराेञ्जन शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध सानदार जित निकालेको छ ।वीरगन्जस्थित नरायाणी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले मधेशमाथि एक इनिङ्स र ३५ रनको जित निकालेको हो । दोस्रो इनिङमा मधेश ३२.२ ओभरमा सबै विकेट गुमाएर ९४ रनमै समेटिएपछि पुलिसले फेरि ब्याटिङ गर्नुपरेन ।

मधेशका लागि विशाल पटेलले २७, मायन यादवले २२ र हिमान्शु दत्तले १७ रन बनाए  । मधेशका अन्य ब्याट्सम्यान निरीह बनेका थिए । बलिङमा पुलिसका कुशल भुर्तेलले पाँच विकेट लिए  ।गुलशन झाले तीन तथा ललितनारायण राजवंशीले दुई विकेट लिए  । अलराउन्डर प्रदर्शन गरेका  पुलिसका कुशल भुर्तेल प्लेयर अफ दि म्याच भए  ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेश पहिलो इनिङमा पनि एक सय २९ रनमा समेटिएको थियो । २५८/४ को स्थितिमा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको पुलिसले अघिल्लो दिन एक सय २९ रनको अग्रता लिएको थियो ।

यसअघि पुलिसले विभागीय अर्को टोली आर्मी र मधेशले बागमती प्रदेशसँग बराबरी खेलेको थियो । अब लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेश र मधेशले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *