इतिहासमा आज

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सन् १९६४ : पनामा नहरको सुरक्षार्थ तैनाथ अमेरिकी फौजले हानेको गोली लागेर पनामाका ६ विद्यार्थी मारिएपछि देशव्यापी विरोध सुरु भयो । पनामा नहर क्षेत्रमाथि अमेरिकाको स्वामित्वमाथि प्रश्न उठाउँदै विरोधमा उत्रिएका विद्यार्थीमाथि दमन हुँदा उक्त घटना भएको थियो । यस प्रकरणले अमेरिकालाई नहर पनामालाई सुम्पिने मनस्थितिमा पुर्‍याएको थियो ।

सन् १७६० : आक्रमणकारी अफगान फौजले मराठा फौजलाई जमुना नदीको तट बरारी घाटमा भएको युद्धमा हरायो ।

सन् १७९२ : रुस र टर्कीले पाँच वर्षदेखि चलिरहेको युद्ध रोक्ने सम्बन्धमा मोल्दोभाको ज्यासीमा ‘ज्यासी सम्झौता’मा हस्ताक्षर भयो ।

सन् १९८० : साउदी अरबले एक वर्षअघि इस्लामको सबैभन्दा पवित्र धार्मिकस्थल मक्कास्थित ग्य्रान्ड मस्क कब्जा गरेका विद्रोहीमध्ये ६३ जनालाई एकैपटक टाउको काटेर मृत्युदण्ड दियो ।

सन् १९९२ : बोस्निया हर्जगोभिनाको एक एकाइ ‘रिपब्लिक सप्स्र्का’ले अलग भएको घोषणा गरेपछि बोस्निया युद्धको बिउ रोपियो । तीन वर्ष लामो सो युद्धमा झन्डै एक लाखको मृत्यु भएको थियो ।

सन् २००५ : प्यालेस्टाइन राष्ट्रिय प्राधिकरणका नेता यासर अराफातको निधनपछि उनको उत्तराधिकारी चयनका लागि भएको निर्वाचनमा महमुद अब्बास विजयी भए ।

सन् २००५ : दोस्रो सुडान गृहयुद्धको अन्त्यका लागि सुडान सरकार र सुडान पिपुल्स लिबरेसन मुभमेन्टबिच बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भयो ।

सन् २००७ : एप्पल कम्पनीका सिइओ स्टिभ जब्सले आइफोन सार्वजनिक गरे ।

सन् २०२४ : ३४ वर्षका गेब्रियल एट्ल फ्रान्सका सबैभन्दा कान्छा प्रधानमन्त्री चुनिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *