सहकारी ठगी प्रकरण : अञ्जला कोइराला १० लाख धरौटी बुझाएर तारेखमा रिहा

अर्थ राजनिति समाचार सुचना/प्रबिधि

जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई  धरौटी माग्ने आदेश दिएको छ।

बुधबार जिल्ला अदालत मोरङमा उपस्थित भएकी कोइराला विरुद्धको मुद्दामा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश दिएको हो। मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटी माग्ने आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

कोइराला आजै १० लाख रुपैयाँ धरौटी रकम बुझाएर तारेखमा रिहा भएकी छन् । कोइरालाले मोरङको धनपालथान गाउँपालिकास्थित उमा गौरी कृषि सहकारी संस्था लिमिटेडको सञ्चालक समिति सदस्य हुँदा सहकारीको रकम ठगी प्रकरणमा संलग्न रहेको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *