लेखा समिति सभापति पोखरेलकी श्रीमती अदालतमा हाजिर

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला अदालतमा हाजिर भएकी छन्। कोइराला सहकारी ठगी प्रकरणमा फरार थिइन्।

बुधबार बिहान अदालतमा हाजिर भएकी कोइरालाको केही समयमा थुनछेक बहस सुरु हुने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्। सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास भने ५ लाख धरौटीमा रिहा भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *