सगरमाथा संवाद गर्ने सरकारको तयारी

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सन् २०२५ मा  सगरमाथा संवाद आयोजना गर्ने गरी सरकारले तयारी गरिरहेको जनाइएको छ । २०७६ सालमा आयोजना गर्ने भनिएको सगरमाथा संवाद कोभिड–१९ का कारणले रोकिएको थियो । यसको तयारीमा सरकार पुनः जुटेको हो ।

 

संवादका लागि परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय  यसको अवधारणा पत्र तयारीमा जुटेको वन तथा वातावरण मन्त्रालयले जानकारी दिएकाे छ ।

विभिन्न विज्ञ र नीति निर्मातासँग बसेर छलफल गरिरहेकाे र संवादको अवधारणा पत्रको प्रारम्भिक चरण तयार गरेको अवस्था  रहेकाे बताइएकाे छ । आगामी हप्तासम्म अवधारणा पत्रलाई अन्तिम रूप दिने तथा  अवधारणा पत्रलाई सरकारले अनुमोदन गरिसकेपछि सल्लाहकार समिति, आयोजक समिति र सचिवायलबाट व्यवस्थापन गर्नेछ । नेपालको लागि यो संवाद ऐतिहासिक र सफल संवादको रूपमा अगाडि बढ्ने तथा कोशेढुंगाको रूपमा स्थापित हुने बिश्वास सरकारले लिएकाे छ ।

संवाद आयोजना गर्नुको उद्देश्य नेपालले जलवायु न्यायका लागि नेतृत्वदायी भूमिका खेल्नु र नेपालमा जलवायु विज्ञानमार्फत जलवायु न्याय स्थापित गर्नु रहेको छ । यसको तयारीका लागि चारदेखि पाँच महिनाको समय लाग्ने अनुमान गरेको वन मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *