चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला,चालू आवमा तेह्र गैँडा मरे

शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

चितवन राष्ट्रिय निकुञ्जकाे पश्चिम क्षेत्रमा साेमबार एउटा गैंडा मृत फेला परेकाे छ । निकुञ्जका सुचना अधिकारी अविनाश थापा मगरका अनुसार पश्चिम सेक्टर स्थित पिप्रहर घाट पारी गैँडा जुधेर मरेको अवस्थामा भेटिएको हाे ।

अन्दाजी २३ वर्षकाे उक्त भाले गैंडाकाे खाग खुर लगायतका अवयवहरू सकुशल रहेको बताइएको छ ।निकुञ्जकाे तथ्यांक अनुसार चालू आवको आधा आधि भित्रै प्राकृतिक कारणसहित १३ गैंडा मरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *