साताको कारोबारको पहिलो दिन नेप्से ५.३२ अंकले बढ्यो

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

साताको कारोबारको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से)  सामान्य अंकले बढेको छ । समग्र बजार ५.३२ अंकले बढ्दा परिसूचक २५९१.५६ बिन्दुमा पुगेको छ । आज कुल १४१ कम्पनीको मूल्य बढेको छ । ९४ कम्पनीको घट्दा ८ कम्पनीको मूल्य स्थिर रह्यो । बजार सामान्य अंकले बढे पनि उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत् र ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । डोल्टी र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज जलविद्युत् र व्यापारतर्फका कम्पनीको लगानी बढ्यो । यी दुई उपसमूहको सूचक क्रमशः १.६७ र १.१४ प्रतिशतले बढेको छ । कारोबार रकमका हिसाबले आज जानकी फाइनान्स शीर्षमा रह्यो । यसको १९ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार कुल ३२७ कम्पनीको ९३ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८६ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *