काठमाडौँस्थित मदन भण्डारी कलेज नजिक धोबीखोलामा आइतबार बिहान खसेको कार निकालिएको छ। नयाँबानेश्वर प्रहरीका अनुसार, बा.अ. ८७१४ नम्बरको सेतो रंगको कार खोलामा उत्तानो परेको कार निकालिएको हाे ।
दुर्घटनामा मानवीय र सार्वजनिक सम्पत्ति क्षति भएको छैन। कार चालक ललितपुरको कुपण्डोल बस्ने विनित विक्रम सिजापति हुन्। उनले जिम जाँदा बढी मोडिएर कार खसेको प्रहरीलाई बताएका छन्। कार खसेपछि हेर्नलाई सर्वसाधारणको पुलमा भिड लागेकाे थियो।