विश्वकै जेठी ओलम्पिक स्वर्ण विजेता केलेटीको निधन

अन्तराष्ट्रिय मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

विश्वकै सबैभन्दा वृद्ध ओलम्पिक स्वर्ण पदक विजेता एग्नेस केलेटीको निधन भएको छ । हृदयघात र श्वासप्रश्वासमा समस्या भएपछि केलेतीको बुडापेष्ट सैनिक अस्पतालमा बिहीबार राति १०३ वर्षको उमेरमा निधन भएको हो ।उनी विश्वकै सबैभन्दा बढी उमेरसम्म जीवित ओलम्पिक पदक विजेता खेलाडी थिइन ।

हंगेरीकी खेलाडी केलेटीले विश्व खेलकुदको सबैभन्दा बृहत् प्रतियोगिता ओलम्पिकमा पाँचपटक स्वर्ण पदक जितेकी थिइन । उनि आफ्नो समयकी प्रभावशाली जिमन्याष्टिक खेलाडी थिइन। उनले सन् १९५२ मा हेलसिन्कीमा सम्पन्न ओलम्पिक खेलकुदमा पहिलो पटक स्वर्ण पदक चुमेकी थिइन ।

यसैगरी उनले ओलम्पिकमा थप तीन रजत र दुई कांस्य पदक पनि जितेकी थिइन। केलेटीले विश्व च्याम्पियनसिपमा समान एक स्वर्ण, रजत र कांस्य पदक जितेकी थिइन ।  केलेटीको जन्म सन् १९२१ मा हंगेरीको बुढापेष्टमा भएको थियो । जनवरी ९ तारिखमा उनी आफ्नो १०४औं जन्मदिन मनाउने तयारीमा थिइन । ओलम्पिक खेलकुदमा पहिलो स्वर्ण जित्दा उनको उमेर ३१ वर्ष थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *