काठमाडौँ । सर्वोच्च अदालत बार एसोसियसनकाे निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी पार्टी)निकट गठबन्धन विजयी भएको छ ।कांग्रेस निकट डीएलएका उम्मेदवार वरिष्ठ अधिवक्ता मेघराज पोखरेलजले निकट पीपएलकाे गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता महेश थापालाई पराजित गर्दै ३६८ मतसहित विजयी भएका छन् ।
डीएलएले एकीकृत समाजवादीलाई उपाध्यक्षसहित केही पद दिएर गठबन्धन गरेको थियो । उपाध्यक्षमा डीएलए गठबन्धनका अम्बरबहादुर राउत, सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र सहसचिवमा महिला पुनदेवी महर्जन विजयी भएका छन् ।
कोषाध्यक्षका लागि रामचन्द्र पौडेल , महिला सदस्यका लागि शशि बस्नेत विजयी भएका छन्। एमाले निकट गठबन्धनबाट एक जना मात्र सदस्यको रूपमा विजयी भएका छन् । ९ जना खुल्ला सदस्यमा आठ जना डिएलएकाे प्यानलबाट विजयी हुँदा सतिशराज मैनाली मात्र विपक्षी गठबन्धनबाट विजयी भए ।