प्रहरीको ‘कर्डन एण्ड स्विप अप्रसेन’बाट १० जना पक्राउ

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

कैलालीमा प्रहरीले सञ्चालन गरेको ‘कर्डन एण्ड स्विप अप्रसेन’का क्रममा लागु औषधसहित १० जना पक्राउ परेका छन् । सुदूर पश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटि गएको प्रहरी टोलीले शुक्रबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ परेको हो ।

पक्राउ परेकामध्ये कञ्चनपुरको कृष्णपुरका मोहन रानाको साथबाट ६ ग्राम १८० मिलिग्राम, कैलालीको धनगढीका प्रभुपन राना र अमन रानाको साथबाट ८४० मिलिग्राम, टीकापुरका विक्रम बुढा र मिलन टमटाको साथबाट ८० मिलिग्राम लागू औषध बरामद भएको छ ।

यस्तै धनगढीका बाहाली राना र दीपक रानाको साथबाट ५०० मिलिग्राम, कञ्चनपुरको कृष्णपुरका प्रदीप राना र अनिल रानाको साथबाट ८९० मिलिग्राम तथा बैतडीको पाटन घर भई धनगढी बस्ने  खेमराज महराको साथबाट ६९ ग्राम ३४० मिलिग्राम लागु औषध बरामद भएको कैलाली प्रहरीले जनाएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले शनिबार विज्ञप्तिमार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *