बालगायक सचिन परियारकाे निधन

मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

बाल कलाकार सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारत उनको आज बिहान सवा १० बजे मृत्यु भएको हो ।

युट्युव र टिकटकबाट चर्चामा आएका सचिनले थुप्रै गीत तथा म्युजिक भिडियोमा काम गरेका छन् । उनले  राजेश हमालसँग पनि अभिनय गरेका छन् ।

१३ वर्षीय सचिनको स्वास्थ्यमा समस्या आएपछि लामो समयदेखि उपचारमा थिए । दाताहरुको सहयोगमा उपचार चल्दै आएको थियो ।

बाबु तेजेन्द्र परियारमाथि उपचारका लागि उठेको सहयोग रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *